काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले ईरानलाई सहयोग गर्न थालेको दाबी गरेका छन् ।
जेलेन्स्कीका अनुसार रुसले अहिले ईरानलाई ड्रोन प्रविधिसम्बन्धी सहयोग उपलब्ध गराइरहेको छ । उनले आगामी दिनमा रुसले मिसाइल तथा हवाई रक्षा प्रणालीमा पनि ईरानलाई सहयोग गर्न सक्ने सम्भावना रहेको बताएका छन् ।
उनले अवस्था यस्तै रहेमा रुसले ईरानमा आफ्ना सैनिकसमेत पठाउन सक्ने चेतावनी दिएका छन् । उदाहरण दिँदै जेलेन्स्कीले उत्तर कोरियाले रुसलाई सहयोग गर्न करिब १० हजार सैनिक पठाएको उल्लेख गर्दै त्यसैगरी रुसले पनि ईरानको पक्षमा सैनिक पठाउन सक्ने बताएका छन् ।
FACEBOOK COMMENTS