काठमाडौँ । रुस–युक्रेन युद्धविरामको बारेमा अमेरिका र रुसबीचको वार्ता अनिर्णीत रूपमा समाप्त भएको केहि समयपछि युक्रेनले आफ्ना केहि गाउँ रुसबाट छुटाएको दाबि गरेको छ ।
युक्रेनले आफ्नो सेनाले डोनेट्स्कको पूर्वी क्षेत्रका गाउँहरू पुन: कब्जा गरेको दाबि गरेको छ, यी गाउँहरु हालैका दिनहरूमा रुसी सैनिकले कब्जामा लिएका थिए ।
युक्रेनले पोकरोभस्क क्षेत्रको डोब्रोपिलिया नजिकैको लडाईंमा सयौं रुसी सैनिकहरू मारिएको दाबी गरेको छ ।
यसअघि युक्रेनी अधिकारीहरूले सुमी लगायत अन्य धेरै ठाउँहरूमा रुसी हवाई आक्रमण जारी रहेको बताएका थिए ।
अर्कोतर्फ, अलास्कामा भ्लादिमिर पुटिन र डोनाल्ड ट्रम्पबीचको तीन घण्टाभन्दा बढी समय भएको वार्ता कुनै सहमति नभएर सकिएको थियो ।
सहमति नभएपनि दुवैले वार्ता सकारात्मक भएको दाबी गरेका छन् ।
ट्रम्प र पुटिनको बार्ता बारे युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।
FACEBOOK COMMENTS