काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा पुष २९ गतेका लागि बोलाएको छ । सभा लिसारा रिसेप्सन नक्साल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।
सभामा संचालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण सहितको वासलात, नाफा, नोक्सान हिसाब र नगद प्रवाह लगायतको वित्तीय विवरणहरु पारित गर्ने एजेण्डा रहेको छ । सभा प्रयोजनका लागि बैंकले १६ गते बुक क्लोज गर्ने भएको छ ।
सभा प्रयोजनका लागि कम्पनीले पुष १६ गते बुक क्लोज गर्ने भएको हुँदा पुष १५ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।
FACEBOOK COMMENTS