दमक । रास्वपाका वरिष्ठ नेता बालेन साहकी पत्नी सबिना काफ्लेले झापा–५ मा घरदैलो अभियान सुरू गरेकी छिन् ।
सबिनाले चुनावी प्रचारमा सक्रिय हुँदै झापा–५ का विभिन्न स्थानमा घरदैलो गरेकी हुन् ।
उनले रास्वपाका कार्यकर्ता तथा झापा–५ का स्थानीय मतदातासँग मत माग्न सुरू गरेकी छिन् । बालेन सुदूरपश्चिमतर्फ जाने भएपछि झापा–५ मा सबिनाले चुनावी अभियानलाई निरन्तरता दिएकी छन् ।
यसअघि मनोनयन दर्ता गरेपछि बालेनले झापा–५ मा चुनावी गतिबिधिलाई तीव्रता दिएका थिए । बालेन ताप्लेजुङ, पाँचथर, इलामलगायतका पूर्वी जिल्लाहरूमा पुगेर नेता कार्यकर्ताको उत्साह बढाएका थिए ।
FACEBOOK COMMENTS