काठमाडौं । काठमाडौं उपत्यका सडकको खाल्टाखुल्टीले गर्दा दुर्घटना हुने गरेको छ दैनिक घण्टा ट्राफिस जाम हुने गरेको छ । तथापि न त सडक विभागको ध्यान गएको न त काठमाडौं महानगरपालिकाले नै यसमा चासो व्यक्त गरेको छ ।
भित्री सडक अवस्था त नाजुक नै छ । मुख्य सडक पनि खाल्टाखुल्टीका कारण धराप बन्दै गएका छन् । काठमाडौंको चक्रपथ, चक्रपथदेखि भित्र छिर्ने सडक, नदी कोरिडोरका सडकका साथै भित्री सडकमा समेत बर्षाका कारण खाल्टाखुल्टी बढेर गएको छ ।
गुणस्तरहीन सडक निर्माण र समयमा मर्मतसम्भार नहुँदा काठमाडौंका सडकभरि खाल्टाखुल्टी र भ्वाङ परेको छ । हरेक वर्ष वर्षाको पानी पर्ना साथ सडकमा खाल्टाखुल्टी हुने गरे पनि यसमा सम्बन्धित निकायले चासो नदेखाउने गरेको भन्दै बानेश्वर निवासी गोपाल शर्माले दुःखेसो पोखे । समयमा खाल्टाखुल्टी नपुर्दा स्थानीय र सडक यात्रुले सास्ती भोग्नुपरेको छ ।
कतिपय दुर्घटनाको सिकारसमेत बन्ने गरेका छन् । सडकको अवस्था सुधार गर्ने विषयमा भने कसैको पनि चासो देखिँदैन । यातायातको साधानमा वृद्धि भएको भयै छ तर सडकको अवस्था भने झन् नाजुक बन्दै गएको छ । स्थानीय सरकारको मातहतमा रहेको खडकको अवस्था झन् डरलाग्दो छ ।
‘संघीय राजधानीभित्र नै बाटो हिलाम्मे छ । व्यवस्थित ढल निकास नहुँदा ढल फुटेको फोहोर बगेको छ । महिनौंसम्म पनि त्यो ढलको व्यवस्थापन गरिँदैन । यो अवस्था कहिलेसम्म भोग्ने रु’ चाबहिलकी एक महिना गुनासो गर्दै थिइन् ।
विज्ञका अनुसार गुणस्तरहीन सडक निर्माणका कारणले नै गर्दा वर्षाको पानीले पनि सडक भत्काउने तथा खाल्टा बनाउने गरेको छ । केही वर्षअघि चिनियाँ सरकारले बनाएको कोटेश्वर कलंकीसम्मको चक्रपथ सडकको अवस्था हेर्न लायक नै छ । त्यसभन्दा अन्यत्रको सडकको अवस्था नाजुक देखिन्छ । कोरिडोरका बाटामा पुलमुनि पानी जमेर यातायात अवरुद्ध हुने गर्दछ ।
कलंकीदेखि चक्रपथसम्म विस्तारका लागि साइट क्लिअर गरिएको सडकखण्डमा खाल्टाखुल्टी र सडक भत्किएकै कारण हिँडिसाध्य नभएको स्थानीय सर्वसाधारण गुनासो गर्छन् । त्यहाँदेखि कोटेश्वरसम्मको चक्रपथ खण्डमा पनि खाल्टाखुल्टीका कारण सडकमा हिडिँसाध्य रहेको छैन । ती क्षेत्रमा पानी पर्दा हिलो र घाम लाग्दा धुलाम्मे हुने गरेको आजको राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS