बुटवल । मंगलबारदेखि १५ दिनसम्म सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड रातमा बन्द हुने भएको छ ।
सडक चौडा बनाउन पहाड कटान गर्नुपर्ने भएकाले आज देखि पुस १३ गतेसम्म राति ९ः३० बजेदेखि बिहान ४ बजेसम्म उक्त सडक बन्द हुने भएको हो ।
सडक डिभिजन कार्यालयका अनुसार सो अवधिमा बुटवल सिद्ध बाबादेखि झुम्सा पुल र कालिमाटीदेखि गौडेपुलसम्मको सडक खण्डमा रातभर सवारी साधन सञ्चालन गर्न बन्द गरिने छ ।
FACEBOOK COMMENTS