काठमाडाैँ। काठमाडौँ उपत्यकासहित देशभरी आएको वर्षाले पूर्वपश्चिम राजमार्गअन्तर्गत नौबिसे काठमाडौं सडकखण्ड अवरुद्ध भएको छ । अपरान्हबाट लेदोसहितको पहिरोजाँदा दुईतर्फको सवारी आगमन ठप्प बन्न पुगेको हो ।
वर्षा भइरहेको र लेदासहितको पहिरो नरोकिएकोहुँदा हटाउन नसकिएको थानकोट प्रहरीले जनाएको छ । जल तथा मौसम पूर्वअनुमान महाशाखाले आइतबारसम्म वर्षा सक्रिय हुने पूर्वअनुमान गरेको छ । अहिले देशैभर वर्षा भइरहेको छ भने केही नदिहरुले खतराको संकेत पार गरेको छ ।
FACEBOOK COMMENTS