काठमाडौं । विपक्षी दलहरू गृहमन्त्री रमेश लेखकलाई सदनमा बोल्न दिन तयार भएका छन् ।
भिजिट भिषा प्रकरणमा राजीनामा माग गर्दै संसद अवरोध गरिरहेका प्रतिपक्ष दलहरू अन्ततः गृहमन्त्री लेखकलाई आफ्नो कुरा राख्न दिन तयार भएका हुन् ।
प्रतिनिधि सभाका सभामुख र दलका प्रमुख सचेतकहरूको बैठकले यस्तो निर्णय गरेको हो ।
आज मंगलबार बिहान ११ बजे बस्नेगरी तय गरिएको प्रतिनिधि सभा बैठक दिउँसो २ बजेलाई सारिएको छ । उक्त बैठकमा गृहमन्त्री रमेश लेखकले आफ्नो धारणा र उठेका विषयहरूमाथि जवाफ दिने स्रोतको भनाइ छ ।
FACEBOOK COMMENTS