काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले पाँचौ वार्षिक साधारणसभाका लागि मिति तय गरेको छ ।
कम्पनीले आउँदो कात्तिक १३ गते शनिबार सभा गर्ने भएको हो । कम्पनीको असोज १७ गते बसेको संचालक समितिको ९८औं बैठकले उक्त दिन सभा गर्ने निर्णय गरेको हो । सभामा आर्थिक वर्ष आर्थिक वर्ष २०७७/७८ को संचित मुनाफाबाट हाम कायम चुक्ताँपुँजी २५ करोड ६९ लाख ८० हजार ४ सय रुपैयाँको २५ प्रतिशत बोनस सेयर वितरण गर्न स्वीकृत गर्ने विशेष प्रस्ताव रहेको छ ।
साथै सोही आवको सोही चुक्ता पुँजीको १.३१ प्रतिशतले हुने रकम ३३ लाख ८१ हजार ३२१ नगद लाभांश(बोनस सेयर वापतको कर प्रयोजनका लािग मात्र) वितरण स्वीकृत गर्नेछ । यसका साथै निकट भविष्यमा कुनै पनि लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति/समाहित सम्वन्धी उपयुक्त कार्य, लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने लगायतका अन्य आवश्यक कार्यहरु गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव रहेको छ । सभा प्रयोजका लागि कम्पनीले कात्तिक ३ गतेदेखि १३ गतेसम्म बुक क्लोज रहने जनाएको छ ।
FACEBOOK COMMENTS