काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं बार्षिक साधारणसभा सम्पन्न भएकाे छ ।
कम्पनीका संचालक समितिका अध्यक्ष तारा कुँवरको अध्यक्षतामा चैत ७ गने अनमोल क्याटरिङ सर्भिस, शंखमुल, काठमाडौंमा साधारणसभा सम्पन्न भएको हाे।
सम्पन्न उक्त साधारणसभाले विभिन्न महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छ। सभाले आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ। त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०८०/८१ को नाफा(नोक्सान हिसाब र नगद प्रवाह विवरणसहितका अनुसूचीहरूमाथि छलफल गरी पारित गरिएको छ। साथै, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा ६३ र १११ बमोजिम आर्थिक वर्ष २०८१र८२ का लागि लेखापरीक्षण समितिको सिफारिसअनुसार बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा सुविधा निर्धारण गर्ने सामान्य प्रस्ताव पनि पारित भएको छ।
त्यसैगरी, सभाले नियमावलीको नियम ३२ (ग) मा संशोधन गर्ने र अन्य इजाजतपत्र प्राप्त “घ” वर्गका लघुवित्त संस्थाहरूलाई गाभ्नेरगाभिने, प्राप्ति ९एक्विजिसन० तथा खरिदसम्बन्धी प्रक्रिया अगाडि बढाउन विशेष प्रस्ताव पारित गरेको छ। यसका लागि संस्थाले चल(अचल सम्पत्ति र दायित्वको मूल्यांकन गर्न मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्त गर्ने, निजको पारिश्रमिक तोक्ने तथा गाभ्नेरगाभिने र खरिदसम्बन्धी समझदारी पत्र तर्जुमा गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय भएको छ।
सभामा शेयरधनीहरूले उठाएका प्रश्नको जवाफ दिँदै संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेले आगामी दिनमा शेयरधनीहरूलाई उच्च प्रतिफल दिने गरी संचालक र व्यवस्थापन टिम अघि बढिरहेको बताए। सभालाई सम्बोधन गर्दै माननीय सांसद जुली कुमारी महतोले संस्थाको उन्नति र प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरिन्। त्यस्तै, सभाका प्रमुख अतिथि तुलसी थापाले महिला अधिकार तथा विकास केन्द्र र महिला लघुवित्त वित्तीय संस्थाबीच सहकार्य गरी संस्थालाई अगाडि बढाउन सुझाव दिएकी थिइन्।
सभामा शेयरधनीहरूको बाक्लो उपस्थिति रहेको थियो।
FACEBOOK COMMENTS