काठमाडौं । भारतमा आजबाट सुरु भएको १४ औं साफ च्याम्पियनसिपको जारि खेलमा नेपाल पहिलो हाफमा कुवेतसँग २–० गोलको नतिजामा पछि परेको छ ।
बैङ्लुरुको श्री कान्ताराभा स्टेडियममा जारि खेलको २३औं मिनेटमा कप्तान खालिदले गोल गर्दै कुवेतलाई अग्रता दिलाएका थिए ।
नेपालमाथि निरन्तर दबाव बनाईरहेको कुवेतका ४१औं मिनेटमा सहबाहिब अलखादिले गोल गर्दै अग्रता दोब्बर पारे ।
समूह ए मा रहेको नेपालले दोस्रो खेल शनिबार भारतसँग र मंगलबार पाकिस्तानसँग खेल्नेछ । नेपालले यसअघि कुवेतसँग कुनैपनि खेलमा जित निकालेको छैन । कुवेतसँगका पछिल्ला ९ भेटमा नेपालले एक खेल बारबरी र ८ खेलमा हार बेहोरेको छ ।
FACEBOOK COMMENTS