काठमाडौँ । आज साफ महिला क्लब च्याम्पियनसिपको फाइनल हुदैछ ।
फाइनलमा नेपालको एपीएफ क्लब र भारतको इस्ट बङ्गाल भिड्दैछन् । फाइनल खेल नेपाली समय अनुसार साँझ ५ बजेदेखि दशरथ रंगशालामा हुदैछ ।
यसअघि खेलिएका लिग चरणका खेलमा एपीएफ र इस्ट बङ्गाल दुवै अपराजित रहेका छन् । इस्ट बङ्गालले ४ खेलमा ३ जित र एक बराबरी खेल्दै १० अंक हासिल गरेको थियो भने एपीएफले ४ खेलमा २ जित र बराबरी खेल्दै ८ अंक हासिल गरेको थियो ।
यस अघि लिग चरणमा भएको दुवैबीचको खेल गोलरहित बराबरीमा सकिएको थियो । यो साफ महिला क्लब च्याम्पियनसिपको पहिलो संस्करण हो ।
FACEBOOK COMMENTS