काठमाडौं । आगामी मार्च २३ देखि अप्रिल ३ सम्म माल्दिभ्समा हुने साफ यू–२० फुटबल च्याम्पियनसिपको खेल तालिका सार्बजनिक भएको छ ।
नेपालसहित ७ देशले भाग लिने यस प्रतियोगिताको समुह ए मा माल्दिभ्स, नेपाल, भुटान र श्रीलंका रहेको छ भने समुह बी मा बंगलादेश, भारत र पाकिस्तान रहेका छन् ।
प्रतियोगिताको पहिलो खेल मार्च २३ मा नेपाल र भुटान तथा माल्दिभ्स र श्रीलंकाबीच हुने छ । त्यस्तै मार्च २४ मा पाकिस्तान र बंगलादेश खेल्ने छन् भने मार्च २५ मा श्रीलंका र नेपाल तथा भुटान र माल्दिभ्स खेल्ने छन् । त्यसैगरी मार्च २६ मा भारत र पाकिस्तान खेल्ने छन् । त्यस्तै मार्च २७ मा माल्दिभ्स र नेपाल तथा भुटान र श्रीलंका खेल्ने छन् भने मार्च २८ मा बंगलादेश र भारत खेल्ने तालिका छन् ।
त्यसपछि दुवै समुहका शिर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् । सेमिफाइनलका खेल अप्रिल १ र फाइनल खेल अप्रिल ३ मा हुने छ ।
FACEBOOK COMMENTS