काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिपको पहिलो खेलमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीबीचको खेल बराबरीमा सकिएको छ ।
शुक्रबार काठमाडौँस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा गोलरहित बराबरीमा सकिएको हो । खेल बराबरीमा सकिएपछि दुवैले एक एक अंक बाँडेका छन् ।
प्रतियोगिता अन्तर्गत आजै दोस्रो खेल नेपालको एपीएफ क्लब र बंगलादेशको नसरिन स्पोट्र्स एकेडेमीबीच हुदैछ ।
FACEBOOK COMMENTS