२० वर्षमुनिको (यू-२०) साफ च्याम्पियनसिपमा नेपाल बंगलादेशले श्रीलंकालाई हराएको छ । यससँगै समूहको अन्तिम खेलअघि नै नेपाल सेमिफाइनलमा पुगेको छ ।
मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको समूह ‘ए’ को खेलमा बंगालदेशले श्रीलंकालाई २-० गोलले पराजित गर्याे ।
यो नतिजासँगै समूह ‘ए’ बाट नेपाल र बंगलादेश अन्तिम चारमा पुगेका छन् । लगातार दुई खेलमा पराजित भएको श्रीलंका भने समूह चरणबाटै बाहिरिएको छ ।
यसअघि नेपालले आइतबार भएको उद्घाटन खेलमा श्रीलंकामाथि १-० गोलको जित निकालेको थियो ।
अब बिहीबार नेपाल र बंगलादेशबीचको खेलबाट समूह विजेताको टुंगो लाग्नेछ ।
प्रतियोगितामा समूह ‘बी’ को खेलमा भोलि बुधबार माल्दिभ्स र भुटानबीच खेल हुनेछ । यसअघि सोमबार भुटानमाथि भारतले १-० गोलको जित निकालेको थियो ।
FACEBOOK COMMENTS