काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सगरमाथा लुम्बिनी इन्सुरेन्सको सेयर कारोबार सुरु भएको छ ।
साविकको सगरमाथा इन्सुरेन्स र लुम्बिनी जनरल इन्सुरेन्सको मर्जरपछि बनेको ‘सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनी लिमिटेड’ को नाममा २ करोड ६२ लाख २६ हजार २८१.९६ कित्ता सेयर आइतबार सूचीकरण भएको थियो । सोमबारदेखि यसको सेयर कारोबार खुला भएको हो ।
यसको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता ५९९.१२ रुपैयाँ भाउ तोकेको थियो । सोही मूल्यलाई आधार मानेर पहिलो कारोबार भएको हो । ‘एसएएलआइसीओ’ संकेतमा कारोबार सुरु भएको छ ।
यता, साविकको लुम्बिनी जनरल इन्सुरेन्सको सूचीकरण खारेज भएको छ । १ः०.८० सेयर स्वाप अनुपातमा कायम भएको सेयर सगरमाथा लुम्बिनी इन्सुरेन्स नाममा सूचीकरण भएको हो ।
FACEBOOK COMMENTS