काठमाडौ । बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले नियामक निकायले जथाभावी निर्णय नगर्ने भन्दै मर्जरका लागि धेरै अध्ययन, अनुसन्धान गरेर नै आवश्यक ठानेको बताएका छन् । सगरमाथा र लुम्बिनी जनरल ईन्स्योरेन्सको एकीकृत कारोबार कार्यक्रममा यस्तो बताएका हुन् । उनले नियामकले लिने नीति कम्पनीले मान्नै पर्ने बताए ।
सिलवालले नेपालको निर्जिबन बीमा कम्पनीमा पुँजिकोष तर्फ सगरमाथा लुम्बिनी जनरल ईन्स्योरेन्स ठुलो कम्पनी भएको भन्दै त्यही अनुसार व्यबसाय गर्न आग्रह गरे ।
उनले बीमा कम्पनीमा मर्जर सयमको माग र आजको आवश्यकता भएको भन्दै संस्कार भुगोल मिल्ने कम्पनी मर्ज हुनु पर्ने बताए । अध्यक्ष सिलवालले प्राधिकरणले सबैको हित हुने काम गर्ने र बिमाको बिश्वसनियता बढाउने बताए ।
उनले अहिले सरकरले पनि बीमाको महत्त्व निकै बुझेको धारणाा राखे । ‘कात्तिकमा बेमौसमि बर्षता हुँदा ९ अर्बको धान क्षतिभयो’ उनले भने, ‘सरकारले अहिले त्यो धानको बीमा भको भए असर कम हुने थियो भन्ने महशुस गरेको छ ।’
अध्यक्ष सिलवालले कार्यक्रम बीमाको दाबि भुक्तानी क्लेम बढि गर्ने कम्पनीमा बिश्वास बढ्ने भन्दै बढि बिश्वास दिलनउन आग्रह गरे । उनले ईनोभेटिभ पोलिसि ल्याउन आग्रह गरे। प्राधिकरणले कम्पनीलाई खबरदारि पनि गर्ने र सहयोग पनि गर्ने स्मरण गराउदै भने, ‘अब खबरदारी गर्न नपरोस, सहयोग गर्न तयार छौ ।’
FACEBOOK COMMENTS