काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले चैत २७ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ ।
कम्पनीले गत आवको आफनाबाट ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
सभामा आव २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।
साभले संस्थापकबाट ४ र सर्वसाधारणबाट २ जना सञ्चालक निर्वाचित गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले चैत १३ गते बुक क्लोज गर्ने जनाएको छ । चैत १२ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश पाउनेछन् भने सभामा भाग लिन पाउनेछन् ।
FACEBOOK COMMENTS