काठमाडौं । सेयरधनीलाई नगद लाभांश दिने प्रस्ताव गरेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सले चैत २७ गते वार्षिक साधारणसभा बोलाएको छ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सभामा आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा छलफल हुनेछ ।
आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।
साभले संस्थापकबाट ४ र सर्वसाधारणबाट २ जना सञ्चालक निर्वाचित गर्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले चैत १३ गते बुक क्लोज गरिसकेको छ । चैत १२ गतेसम्म सेयरधनीले सभामा भाग लिन पाउनेछन् । सभा अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
FACEBOOK COMMENTS