काठमाडौं । नवगठित सरकारले सहकारीका साना बचतकर्ताहरूलाई लक्षित गर्दै महत्त्वपूर्ण निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को शुक्ररबार बसेको पहिलो बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अनुसार सहकारीका साना बचतकर्तालाई राहत दिन सरकार गठन भएको १०० दिनभित्रै बचत फिर्ता गर्ने प्रक्रिया आरम्भ गर्ने निर्णय गरेको हो ।
कार्यसूचीअनुसार सहकारीमा बचत राखेर समस्यामा परेका साना बचतकर्ताहरूको रकम फिर्ता गर्ने प्रक्रिया आगामी १०० दिनभित्र सुरू गरिने भएको छ । लामो समयदेखि बचत फिर्ता नपाएर पीडित बनेका सर्वसाधारणलाई यस निर्णयले ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ ।
सरकारले बचतकर्ताको हितलाई प्राथमिकतामा राख्दै आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया अगाडि बढाउने जनाएको छ । यस कदमले सहकारी क्षेत्रप्रति घट्दो विश्वास पुन:स्थापित गर्न समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।
FACEBOOK COMMENTS