काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा रहेको पिनाक सेभिङ एण्ड क्रेडिट को ओपरेटिभ लिमिटेडका सञ्चालक समितिका अध्यक्ष फरार भएका छन् ।
विगत दुई महिनादेखि संस्थाका अध्यक्ष तुलसीराम न्यौपाने सम्पर्कमा आएका छैनन्। सहकारीका अध्यक्ष दुई महिनादेखि उपचारकोलागि भारत गएका कारण सहकारी संस्थामा समस्या देखिएको अन्य सञ्चालकहरुको भनाई छ । विगत दुई महिनादेखि संस्थाका अध्यक्ष न्यौपाने उपचारको लागि भारत गएको बताइएको छ । उपचारको क्रममा अध्यक्ष नेपाल बाहिर हुँदा सहकारी संस्थाको सफ्टवयर र बैंक खातामा के कति रकम छ रु भन्ने जानकारी नहुदा भुक्तानीमा थोरै कठिनाई भएको सहकारीका सचिव गोपाल तिमल्सिनाले बताए । विस्तारै सबै बचतकर्ताको बचत फिर्ता गर्ने तयारीमा आफूहरु लागेको तिमल्सिनाले जानकारी गराए ।
यता सहकारीका बचतकर्ताहरु बचत फिर्ताको माग गर्दै कार्यालयमा धाइरहेका छन् । आफूहरु सहकारीमा बचत गरेको रकम झिक्न आउदा रकम नपाएर खाली हात फर्कनु परेको बचतकर्ताहरुको गुनासो छ । तिहार पछि गरिएको बचत लिनको लागि सहकारी आउने गरेको तर सहकारीले विभिन्न बहाना गराएर फिर्ता पठाउने गरेको छ । बचत गरिएको १० देखि २० हजार रकम समेत सहकारीले फिर्ता नदिएको बचतकर्ताको आरोप छ ।
मंसिर बचत फिर्ता गर्ने भाखा दिएकाले रकम फिर्ता लिन आएको केहि बचतकर्ताको भनाई छ । तर सञ्चालकहरु कोहि सम्पर्कमा नआउदा दुखले गरेको बचत डुब्ने हो कि रु भन्ने पिर परेको बचतकर्ताको गुनासो छ । सहकारीका सञ्चालकहरुले बचतकर्ताको रकम फिर्ता नगरेमा उजुरी गर्ने उनीहरुको चेतावनी छ ।
पछिल्लो समय एक पछि अर्को सहकारीहरु समस्यामा परेका छन् । पछिल्लो समय सहकारी संस्थामा समस्या आउन थालेपछि विभिन्न बाहना बनाउदै सञ्चालकहरु सम्पर्क बिहिन हुने क्रम बढेको छ । यसले गर्दा सहकारीमा बचत गर्ने बचतकर्ताहरु त्रसित हुने गरेका छन् ।
FACEBOOK COMMENTS