काठमाडौं । राष्ट्रिय सहकारी बैंकको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको निर्वाचनका लागि ६ प्रदेशका सञ्चालक निर्विरोध निर्वातिच भएका छन् ।
निर्वाचनका क्रममा लेखा सुपरीवेक्षण समितिमा एक जना संयोजकसहित दुई सदस्य निर्विरोध निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।
बागमती प्रदेशबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकका लागि जेठ ९ गते निर्वाचन हुने कार्यक्रम तय भएको हो । बागमती प्रदेशको सञ्चालकका लागि तीन दलले साझा उम्मेदवार घोषणा गरेका छन् । तीन दलले संयुक्त रूपमा बागमती प्रदेशको सञ्चालकका लागि परितोष पौडेललाई सञ्चालक उम्मेदवार घोषणा गरेका हुन् ।
उम्मेद्वार घोषणा गर्न आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गीता सत्याल, नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का नेता केशव बडाल, खगराज अधिकारी र डा खेमप्रसाद लोहनी, नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०का सचिवालय सदस्य लीलामणि पोखरेललगायतले अहिलेको परिस्थितिमा सहकारीको मूल्य, मान्यता अनुसार सहकारी अभियान सञ्चालन गर्न साझा उम्मेदवार घोषणा गरी निर्वाचित गर्ने प्रतिबद्धता जनाए ।
बागमती प्रदेशको सञ्चालकको निर्वाचनका लागि मतदान भने सात वटै प्रदेशका प्रतिनिधिले गर्ने व्यवस्था छ ।
