काठमाडौं । नेपाल सरकार र आन्दोलनरत दुग्ध किसानबीच ५ बुँदे सहमति भएको छ ।
शनिबार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा किसान प्रतिनिधिहरुसहित भएको वार्तामा सहमति भएको हो ।
उद्योगीहरुले किसानलाई २१ चैत २०८० सम्म सबै बक्यौता तिरिसक्ने लगायतका सहमति भएको छ । केन्द्रीय दुग्ध सहकारी संघ नेपालले दुग्ध उत्पादक कृषकहरुबाट दुध बिक्री गरे बापत दुग्ध उद्योगहरुबाट पाउनुपर्ने रकम लामो समयदेखि रोकेपछि किसान आन्दोलित भएका थिए ।
FACEBOOK COMMENTS