काठमाडौं । मतदान प्रक्रियामा सहभागी हुन र सही तरिकाले मतदान गर्न यहाँ सहरभन्दा ग्रामीण भेगका मतदाता बढी सजक देखिएका छन् ।
हालै सम्पन्न भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा खसेको मत सङ्ख्या र त्यसमा भेटिएको बदर मतको सङ्ख्याले सहरभन्दा ग्रामीण भेगका मतदाता बढी सजग रहेको पुष्टि गरेको छ ।
चार निर्वाचन क्षेत्र रहेको जिल्लाको क्षेत्र नं १ मा ६६ प्रतिशत मतदान हुँदा पाँच दशमलव शुन्य छ प्रतिशत मत बदर भएको छ भने क्षेत्र नं २ मा ६७ प्रतिशत मतदान हँुदा पाँच दशमलव दुई प्रतिशत मत बदर भएको छ । त्यसै क्षेत्र नं ३ मा ७१ प्रतिशत मतदान हुँदा चार दशमलव १२ प्रतिशत र क्षेत्र नं ४ मा ६९ प्रतिशत मतदान हुँदा तीन दशमलव ३८ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लाको सदरमुकामसमेत रहेको वीरगन्ज महानगरपालिकाअन्तर्गत पर्ने क्षेत्र नं १ मा खसेको ५१ हजार दुई सय ११ मतमध्ये दुई हजार पाँच सय ९१ र क्षेत्र नं २ मा खसेको ५८ हजार पाँच सय ४७ मतमध्ये तीन हजार ४६ मत बदर भएको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिनुभयो । उहाँले जिल्लाको ग्रामीण भेगमा पर्ने क्षेत्र नं ३ मा खसेको ६४ हजार तीन सय २४ मध्ये दुई हजार छ सय ५१ मत र क्षेत्र नं ४ मा खसेको ६२ हजार दुई सय १९ मध्ये दुई हजार एक सय तीन मत बदर भएको बताए ।
विसं २०७४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा १० दशमलव शुन्य नौ प्रतिशत मत बदर भएको तुलनामा यसपालिको निर्वाचनमा जिल्लाबाट कूल चार दशमलव चार प्रतिशत मात्र मत बदर भएको छ ।
मतदाता शिक्षालाई यसपालि निर्वाचन आयोगले प्राथमिकता दिएका कारण जिल्लामा बदर मतको सङ्ख्या कम देखिएको भए पनि सहरी क्षेत्रमा देखिएको बढ्दो बदर मत
FACEBOOK COMMENTS