काठमाडौं । राईड सेयरिङ एप साहाराले दशैं अफर सार्वजनिक गरेको छ ।
कम्पनीले बाइक राईडर, कार राईडर र ग्राहकहरुका लागि छुट्ट छुट्टै अफरहरु सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार भाग्यमानी ग्राहकहरुले टीभी, मोबाइल र हिटर जित्न सक्ने छन् । त्यस्तै भाग्यमानी बाईक राईडरले ईलेक्टीक स्कुटी, वासिङ मेसिन र मोबाइल जित्न सक्ने कम्पनीले जनाएको छ ।
यसैगरी, भाग्यमानी कार ड्राइभरले रेफ्रिजेनेरेटर, ओभन र वाटर डिस्पेन्सर जित्न सक्ने जनाइएको छ ।
राईड सेयरिङका अन्य एपहरुले राईडरसँग २० प्रतिशतसम्म कमिसन लिइदै आइरहेकोमा साहाराले भने जम्मा ५ प्रतिशत कमिसन लिने जनाएको छ ।
यसरी हेर्दा राईडरलाई अन्य राईड सेयरिङ एपको तुलनामा १५ प्रतिशत फाइदा हुने देखिन्छ । त्योसो त इनड्राइभरले भने हाल राईडरहरुसँग कुनै चार्ज लिने गरेको छैन् ।
हाल पाठाओ एपले भने २० प्रतिशतसम्म कमिसन लिइदै आएको छ । पछिल्लो समय पठाओको बजार पनि खच्किदै गएको छ ।
इनड्राइभरका कारण पठाओको बजार खच्केको स्वयम राईडरहरु बताउँछन् ।
इनड्राइभरले कमिसन नलिएका कारण राईडरहरु त्यसतर्फ आकर्शित हुँदा पठाओलाई धक्का लागेको राईडरहरुको भनाई छ ।
FACEBOOK COMMENTS