काठमाडौं, असोज १५ । साहस उर्जा लिमिटेडको आईपीओ बाँडफाँड आउँदो आइतबार हुने भएको छ।
धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार साहस उर्जाको आईपीओको आज शुक्रबार प्रि–अलटमेन्टको काम सकिनेछ। आउँदो आइतबार एनआईबिएल एस क्यापिटलकै कार्यालयमा एक कार्यक्रमबीच साहस उर्जाको आईपीओ बाँडफाँड गरिनेछ।
गत असोज ६ गतेदेखि १० गतेसम्म साहस उर्जाको १०० रुपैयाँ अंकित दरका कुल ७० लाख कित्ता साधारण सेयर बिक्री खुला गरिएको थियो। यो आईपीओमा २४ लाख ६४ हजारभन्दा बढी आवेदन परेका छन्। ती आवेदनमार्फत ३ करोड ४८ लाख कित्ता बढी सेयर माग भएको थियो।
मागभन्दा बढी आवेदन परेकोले यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसअनुसार भाग्यमानी ६ लाख ४४ हजार आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्।
FACEBOOK COMMENTS