काठमाडौँ । मेटलाइफ फाउन्डेशनले पौरखी नेपाललाई महिला नेतृत्वको व्यवसाय विकासका लागि ५० हजार डलर सहयोग गरेको छ ।
फाउण्डेशनले उद्यमशीलता, वित्तीय सेवाहरूमा पहुँच, स्थानीय बजारमा विक्री विकास र सहयोगी शिक्षा प्रदान गर्न सो रकम उपलब्ध गराएको हो । पौरखीले काठमाडौँ, चितवन र मकवानपुर जिल्लाका करिब १५ हजार महिलालाई सहयोग पुर्याउन अभियानलाई गम्भीरताका साथ सञ्चालन गर्दैछ । यस परियोजना एमएससी ग्लोबल कन्सल्टिङसँग समन्वय गरिएको छ, जुन बुटिक परामर्शदाता फर्म हो । जसले विगत २० वर्षदेखि अर्थपूर्ण, आर्थिक, सामाजिक र आर्थिक समावेशी गतिविधिहरूमा काम गरिरहेको छ ।
मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक श्री निर्मलकाजी श्रेष्ठ भन्छन्, “नेपाल जस्ता देशका महिला उद्यमीहरूले आफ्नो व्यवसाय स्थापना र व्यवस्थापन गर्दा आर्थिक स्वास्थ्य सुधार गर्न थुप्रै चुनौतीहरू सामना गर्छन् । यी महिलाहरूलाई आफ्ना उद्यम निर्माण गर्न र आम्दानी बढाउन, डिजिटल फुटप्रिन्टहरू सिर्जना गर्न र विभिन्न प्रकारका वित्तीय सेवाहरू पहुँच गर्न सहयोग चाहिन्छ । मेटलाइफ फाउन्डेसनको यो सहयोगले यी महिला उद्यमीहरूलाई दिगो जीवन र थप विश्वस्त भविष्य निर्माण गर्न मद्दत गरेर उनीहरूको जीवनमा परिवर्तन ल्याउनेछ ।”
फाउण्डेशनले आर्थिक स्वस्थता सबैको लागि हो भन्ने मान्यता राख्छ । आर्थिक असक्षमता भएका समुदाय र मानिसको आर्थिक स्वस्थता वृद्धि गरी साहसी समाधान, गहिरो आर्थिक विशेषज्ञता र महत्वपूर्ण अनुदान उपलब्ध गराउँछ । ठोस प्रभाव पार्ने प्रयत्नमा मेटलाईफका कर्मचारीलाई सहभागी गराई आर्थिक स्वस्थताको अभिवृद्धि तथा अझ सुदृढ समुदाय निर्माणका लागि विश्वका विभिन्न संस्थाहरुसँग सहकार्य गर्दै आएको छ । फाउण्डेशनको स्थापना सन् १९७६ मा स्थापित भएको होे ।
पौरखी नेपाल नेपालमा महिला आप्रवासी कामदारहरूको अग्रगामी संगठन हो, जसको स्थापना सन् २००३ मा श्रम बसाइँसराइको सम्पूर्ण प्रक्रियामा महिला आप्रवासी कामदारहरूको अधिकार सुनिश्चित गर्ने उद्देश्यले गरिएको थियो – पूर्व–रोजगार, पूर्व प्रस्थान, रोजगारी चरण, आगमन पछि समर्थन कार्यक्रमहरू ।। यो एक सदस्यमा आधारित, मानव अधिकार रक्षक संगठन हो र फिर्ता आएका नेपाली महिला प्रवासीहरूद्वारा सञ्चालित छ । २००९ देखि यसले रोजगारीका देशहरूमा शोषण दुर्व्यहारमा परेका महिला आप्रवासी कामदारहरूको तत्काल आवश्यकतालाई सम्बोधन गर्न आपतकालीन आश्रय गृह स्थापना गरेको छ ।
FACEBOOK COMMENTS