काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले राजतन्त्रमा पढ्न पाइँदैन भन्ने बाबुरामले एस.एल.सी टपर कसरी गरे भन्दै प्रश्न गरेका छन् ।
राप्रपाले मंगलबार बल्खुमा गरेको खबरदारी सभामा बोल्दै उनले अहिले देशमा राजतन्त्रबाहेकको कुनै विकल्प नभएको जिकिर गरे । सांसद शाहीले नेपालका कुन कुन नेताका छोराछोरी नेपालमा पढेका छन् भन्दै प्रश्न गरेका छन् ।
उनले भने राजतन्त्रमा पढ्न पाइँदैन भन्ने बाबुराम भट्टराईले एस.एल.सी टपर कसरी गरे भन्दै झुठा कुरा गरेर जनतालाई गुमराह नगर्न अनुरोध समेत गरेका छन् ।
FACEBOOK COMMENTS