काठमाडौँ । बलिवुड फिल्म ‘सैयारा’ ले बम्पर कमाई गरिरहेको छ ।
अहान पाण्डेको डेब्यू फिल्म ‘सैयारा’ घरेलु बक्स अफिसमा कमाईको सुनामी ल्याएको छ ।फिल्म सैयारा घरेलु बक्स अफिसमा रिलिजको १० दिनमा २५० करोड कमाई गरेको छ । फिल्मले रिलिजको दोस्रो आइतबार ३० कमाई गर्दै भारतीय बक्स अफिसमा २५०।७५ करोड कमाई गरेको बलिवुड फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् ।फिल्मले रिलिजको दोसोर शुक्रबार १८।५० करोड र दोस्रो शनिबार २७ करोड कमाई गरेको थियो । यस अघि फिल्मले रिलिजको पहिलो साताम १७५ करोड २५ लाख भारु कमाई गरेको थियो ।योसँगै फिल्मले कैयौं रेकर्ड पनि तोडेको छ र फिल्म ठुलो कलेक्सनतर्फ अगाडी बढिरहेको छ । अहिले पनि मल्टीप्लेक्स र सिंगल स्क्रिन दुवैमा दर्शकको अपार भिड रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।यो अभिनेत्री अनित पड्डाको पहिलो फिल्म पनि हो ।आदित्य चोपडा र अक्षय विधानीद्वारा निर्मित यस फिल्मलाई मोहित सुरीले निर्देशन गरेका हुन् । यस फिल्मको पटकथा रोहन शंकर र संकल्प सदानाले लेखेका हुन् । दर्शकहरूले फिल्मको कथा धेरै मन पराएका छन् ।
यस फिल्मलाई यस अघिका फिल्म आशिकी र आशिकी-२ सँग तुलना गरिएको छ । यस अघि ‘आशिकी २’, ‘वो लम्हे’, ‘जेहर’ र ‘एक खलनायक’ जस्ता भावनात्मक प्रेमकथाहरू प्रस्तुत गरिसकेका फिल्म निर्माता मोहित सुरीले फेरि एकपटक यशराज फिल्म्ससँग मिलेर भावनात्मक प्रेम कथामा नयाँ फिल्म ल्याएका छन् । फिल्म करिब ६० करोडको बजेटमा बनेको बताइएको छ ।
FACEBOOK COMMENTS