काठमाडाैं । साझा यातायातले थप ३७ बिजुली बस चीनको न्यान्जिङ्गबाट काठमाडौं भित्र्याउँदैछ। कोदारीहुँदै ती बस काठमाडौं आउनेछन्।
यहाँ परीक्षणपछि मात्रै चलाइने साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए। तर बस कहिले काठमाडौं आइपुग्छन् भन्ने यकिन जानकारी नभएको उनले बताए।
“केही समय त लागि हाल्छ। तिहारपछि बस आइपुग्लान् त्यसपछि पनि प्रकृया पूरा गरेर चलाउने हो,’ उनले भने।
साझाले चीनबाट खरिद गर्ने ४० बिजुली बसमध्ये पहिलो चरणमा तीन बिजुली बस भित्र्याइसकेको छ। अहिले ति बस परीक्षणपछि उपत्यकामा चलिरहेका छन्।
FACEBOOK COMMENTS