काठमाडौँ । उच्च अदालत पाटनको आदेशपछि टेलिश्रृंखला ‘सक्किगोनि’को ९१औँ भाग प्रसारण समेत प्रभावित बनेको छ ।
टेलिश्रृङ्खलाको ९१ औँ भागमा फिल्म ‘लाज शरणम्’को प्रचारप्रसार सामग्री रहेकाले अदालतको आदेशअनुसार सामग्री प्रसारण गर्न असमर्थ भइएको कलाकार अर्जुन घिमिरेले जानकारी दिए ।
सम्पूर्ण दर्शकहरूमा सादर नमस्कार पाटन उच्च अदालतले हाम्रो चलचित्र लाज शरणम्को प्रचारप्रसारमा रोक लगाएपछि हामीले चलचित्र प्रचारप्रसारको निम्ति छायांकन गरिसकेको टेलिसिरियल सक्किगोनिको ९१औँ भाग अदालतको आदेशलाई आत्मसाथ गर्दै प्रसारण गर्न असमर्थ भएका छौँ । उक्त कारण यहाँहरू सम्पूर्णमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ’, उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् ।
केही दिनअघि उच्च अदालत पाटनले हाल थुनामा रहेका आफताब आलमको मुद्दाका आधारमा फिल्मको प्रचार प्रसारमा रोक लगाएको थियो । आलमले आफ्नो आकृति झल्किने तस्बिर र सामग्री फिल्ममा प्रयोग गरिएको पाइएको भन्दै रोक लगाउन माग गरेका थिए ।
FACEBOOK COMMENTS