काठमाडौँ । सालापा विकास बैंकले सर्वसाधारणका लागि आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड आगामी शुक्रबार हुने भएको छ ।
बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले सालापा विकास बैंकको आइपीओ शुक्रबार बाँडफाँड गर्ने जानकारी दिएको हो । पुस १६ गतेदेखि २० गतेसम्म सर्बसाधारणका लागि खोलिएको यस आइपीओमा १९.३७ गुणा आवेदन परेको छ ।
आईपीओमा कुल २३ लाख ८३ हजार ४०७ जनाको आवेदन परेको हो । उनीहरुले २ करोड ७८ लाख ८४ हजार ४७० कित्ता शेयरका लागि आवेदन दिएका छन् । यस मध्येबाट एक लाख ४३ हजार १७० जनाले जनही १०–१० कित्ताका दरले कुल १४ लाख ३९ हजार १७९ इकाई शेयर मात्र प्राप्त गर्ने भएका छन् ।
कम्पनीको जारी पूँजी ५२ करोड २३ लाख रहेकोमा यसमध्ये ३३ प्रतिशत अर्थात् १७ लाख २३ हजार ८८० इकाई शेयर सर्वसाधारणका लागि जारी गरेको थियो । यस साधारण सार्वजनिक निष्कासनमध्ये १० प्रतिशतले हुन आउने एक लाख ७२ हजार ३८८ इकाई शेयर विदेशमा काम गर्ने नेपाली नागरिकहरूलाई पहिले नै बाँडफाँड गरिएको छ ।
त्यस्तै सर्वसाधारणको लागि निष्कासन गरिएको शेयरमध्ये ०.५० प्रतिशत अर्थात् २६ हजार ११९ इकाइ कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ भने प्रस्तावित शेयरको ५ प्रतिशतले हुन आउने ८६ हजार १९४ इकाइ म्युचुअल फन्डहरूका लागि छुट्याइएको छ ।

नेपाल राष्ट्र बैंकद्वारा इजाजतपत्र प्राप्त ’बि’ वर्गको विकास बैंक, सालापा विकास बैंक लिमिटेड (क्द्यद्यी) खोटाङमा आधारित ६ वटा शाखा र यसको मुख्य कार्यालय भएको एक जिल्ला क्षेत्रीय बैंक हो ।

FACEBOOK COMMENTS