काठमाडौं । सरकारले सरकारी कर्मचारीहरूलाई महिनामा २ पटक तलब दिने भएको छ ।
अर्थ मन्त्रालयले शुक्रबार महालेखा नियन्त्रक कार्यालयलाई पत्र पठाउँदै यस्तो व्यवस्था गर्न भनेको छ ।
यसअघि महिनामा एक पटक तलब पाउँदै आएका कर्मचारीले अब महिनामा २ पटक तलब पाउने भएका छन् ।
