काठमाडौं, ७ भदौ । अर्थमन्त्रालयले प्राविधिक कर्मचारीका लागि वार्षिक तलब ग्रेड कार्यान्वयनमा ल्याएको छ । चालू आर्थिक वर्ष २०७८÷७९ देखि कर्मचारीको तलब बढेपछि मन्त्रालयले तलब ग्रेड तोकेर कार्यान्वयनमा ल्याइएको हो ।
अर्थमन्त्रालयले साउन २५ गते बसेको मन्त्रीपरिषद्को निर्णयअनुसार नयाँ तलबमान अनुसारको प्राविधिक ग्रेडको सम्बन्धमा २०७६ साल माघ २७ गतेको निर्णयअनुसार कै व्यवस्था बमोजिम हुने भएको छ ।
जसअनुसार, २०५७ साल साउन १ गतेभन्दा अगाडी नियुक्त भएका प्राविधिक कर्मचारीहरुले यो वर्षदेखि वृद्धि भएको तलबमान अनुसार ग्रेड पाउँछन् । उनीहरुले २०७८ साल साउन १ गतेबाट वृद्धि भएको तलब समावेश गरी एक दिनको तलब बराबरको १ ग्रेडको दरले हुने प्राविधिक २ ग्रेड बापतको रकम पाउने भएका हुन् ।
अर्थमन्त्रालयले सरकारको यो निर्णय सबै मन्त्रालय, आयोग, सचिवालय र कार्यालयलाई लागू गर्न भनेको छ ।
FACEBOOK COMMENTS