काठमाडौं। नेपालका व्यावसायिक तथा औद्योगिक क्षेत्रका अग्रणी व्यक्तित्वहरुको सहभागितामा, प्रख्यात अन्तर्राष्ट्रिय उत्प्रेरक वक्ता पारितोष शर्माको विजनेस वर्कसप “सेल्स ग्रोथ मास्टर क्लास” कार्यक्रम यही चैत्र ६ र ७ गते काठमाडौंस्थित होटल मक्र्योरमा जिनियस टक्स र सुश्री मिडियाको संयुक्त आयोजनामा हुने भएको छ ।
कार्यक्रम, व्यवसायमा सफलताको खाका, नेतृत्वदायी क्षमताको विकास, बिक्री रणनीति, ब्रान्ड निर्माण, व्यवसायमा एआई प्रविधि र आधुनिक व्यवसाय सञ्चालनका व्यावहारिक पक्षहरुमा केन्द्रित रहने छ ।
नेपाली व्यवसायी, उद्योगपति, युवा उद्यमी तथा स्टार्टअप प्रतिनिधिहरूलाई आधुनिक व्यवसायिक सोच, रणनीति, नेतृत्व कौशल तथा ब्रान्ड निर्माणजस्ता महत्वपूर्ण पक्षको मार्गदर्शन दुईदिने “सेल्स ग्रोथ मास्टर क्लास” कार्यक्रममा हुनेछ ।
कार्यक्रममा सहभागीहरुले व्यवसायिक सफलता प्राप्त गर्न आवश्यक व्यवहारिक रणनीति, कार्यान्वयनका तरिका र उत्प्रेरणादायी विचारहरु लगायत अन्य व्यवसायिक क्षमता वृद्धि गर्ने दश भन्दा वढी बिषयवस्तुलाई प्रत्यक्ष तथा प्रयोगात्मक रुपमा अनुभूती गर्न पाउनेछन ।
पारितोष शर्माले यसअघि भारत तथा अन्य देशहरुमा सञ्चालन गरेका यस्ता कार्यक्रमहरु अत्यन्त सफल प्रभावशाली सावित भएका छन् । नेपालमा दोस्रो पटक आयोजना हुन लागेको यो संस्करणले व्यवसायिक समुदायलाई सशक्त, सचेत र रणनीतिमूलक बनाउने विश्वास लिइएको छ। यस कार्यक्रमले नेपालमा व्यवसाय सञ्चालनको सोच र दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

FACEBOOK COMMENTS