दमौली । तनहुँको देवघाट गाउँपालिका–५ स्थित चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत यस वर्षको दशैँमा ५० लाख ७४ हजार रुपैयाँ बराबरका खसीबोका बिक्री भएका छन ।
सहकारीमा आबद्ध महिला सेयर सदस्यले पालेको ३२८ वटा खसीबोका बिक्री गरी कृषकहरूले उक्त रकम आम्दानी गरेका हुन । सहकारीले जिउँदोमा कृषकबाट प्रतिकेजी ५९५ रुपैयाँमा खरिद गरेका खसीबोका व्यापारीलाई प्रतिकेजी छ सय रुपैयाँमा बिक्री गरिएको सहकारी संस्थाकी व्यवव्थापक सङगीता ओझा भुर्तेलले जानकारी दिइन । यस पटकको दशैँमा ४०० वटा खसीबोका बिक्री गर्ने लक्ष्य भए पनि ३२८ वटा मात्र बिक्री गरिएको उनले बताइन् ।
चितवनका व्यापारीले सहकारी संस्थाकै कार्यालयमा गई उक्त खसीबोका खरिद गरेर ल्याएका थिए । बाख्रा पालनमा २०० जना कृषक आबद्ध भए पनि सबैले व्यावसायिक रूपमा भने सुरु गरी नसकेको ओझाले बताइन । यस पटक सबैभन्दा धेरै एक जना कृषकले सातवटा खसीबोका बिक्रीबापत एक लाख २८ हजार रुपैयाँ आम्दानी गरेको उनले जानकारी दिएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS