काठमाडौं । गायक प्रविन बज्राचार्यको स्वरमा नयाँ प्रेमगीत ‘सालघारी बनमा’ सार्वजनिक भएको छ ।
गीतले प्रेम, भावना र प्रकृतिको सुन्दर मिश्रण प्रस्तुत गर्दै नेपाली संगीत प्रेमीको ध्यान तानेको छ । गीतमा लक्ष्चु र सजिना देउलाको आकर्षक अभिनय देख्न सकिन्छ, जसले युवा पुस्ताको माया–रोमान्सलाई स्वाभाविक ढङ्गले चित्रण गरेको छ ।
गीतका शब्द शङ्कर ज्वालाले लेखेका हुन् भने संगीत संयोजन तथा एरेञ्जमेन्ट दीपेश सिंहले गरेका छन् । छायांकन बलकुमार मगर, सम्पादन अनिल कुमार मगर र निर्देशन सुरेन्द्र मानन्धरले गरेका छन् ।
सुन्दर लोकेशन, भावनात्मक कथा र मधुर संगीतको संयोजनमा बनेको ‘सालघारी बनमा’ हाइलाइट्स नेपाल युट्युव च्यानलमा हेर्न सकिन्छ ।

FACEBOOK COMMENTS