काठमाडौँ । भारतका चर्चित कमेडी कलाकार कपिल शर्मालाई सलमान खानसँग काम नगर्न धम्की आएको छ ।
इन्डिया टुडेका अनुसार लरेन्स बिश्नोई गिरोहका एक सदस्यले कपिललाई सलमान खानसँग काम गर्ने जो कोहीलाई पनि मारिने भन्दै चेतावनी दिएका छन् ।
’द ग्रेट इन्डियन कपिल शर्मा शो’ को पहिलो एपिसोडमा सलमान खान पनि देखिएका थिए । गत महिना, जुलाई १० मा, कपिल शर्माको क्यानडामा रहेको क्याप्स क्याफेमा गोलीबारी गरिएको थियो ।
गोलीबारी गर्ने व्यक्तिहरूले यसको भिडियो पनि सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । क्याफेमा १० देखि १२ राउन्ड गोलीबारी गरिएको थियो ।
त्यसपछि विहिबार दोस्रो पटक कपिलको क्यापेमा गोली चलाइएको छ । खालिस्तानी हरजीत सिंह लड्डीले अन्तिम गोलीबारी भएको जिम्मेवारी लिएका थिए ।
हरजीत सिंह लड्डी एनआईएको मोस्ट वान्टेड आतंककारीहरूको सूचीमा समावेश छन् र बब्बर खालसा इन्टरनेशनलसँग सम्बन्धित छन् । अब लरेन्स बिश्नोई गिरोहले नयाँ आक्रमणको जिम्मेवारी लिएको छ ।
यो घटनापछि पनि उनी आफ्नो कमेडी शो ’द ग्रेट इन्डियन कपिल शर्मा शो’ को सुटिङ गरिरहेका छन् । कपिलले जान्हवी कपूर र सिद्धार्थ मल्होत्रासँग नयाँ एपिसोड शुटिंग गरेका छन् ।
FACEBOOK COMMENTS