नुन र आयोडिनमा धेरै फरक छ, १ चम्चा आयोडिन भए पुग्छ: लीला विक्रम थापा
नुन बढी खाँदा रोग लाग्छ भन्नु गलत हो
कर्पोरट खबर
6:50 pm, बिहीबार, माघ १८, २०८०
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका न्युरेसन शाखा प्रमुख तथा सहसचिव लीला विक्रम थापाले आयोडिन धेरै खाँद्या असर नगर्ने बताएका छन् ।
बिहीबार राष्ट्रिय उपभोक्ता मञ्चले आयोजना गरेको आयोडिन मन्थको कार्यक्रममा बोल्दै उनले मानव शरीरमा नभई नहुने खाद्यान्न आयोडिन रहेको बताएका हुन् ।
‘नेपाल सरकारले २०८९ मा देखिएको समस्या समाधान गर्न तपाईँ हामीले खाएको खानमा आयोडिन छ कि छैन भनेर हेर्ने गरेका थियौ । र त्यति बेला त्यसको समस्या समाधान गर्न नुनमा आयोडिन मिसाएको थियो ।’ थापाले भने, ‘२०१६ मा आएपछि स्कुल पढ्ने बालबालिका र १५ देखि ४९ वर्षका महिलामा आयोडिन हेर्दा बालबालिकामा ३०० म्यकसीमम प्वाइन्ट भन्दा १४ प्वाइन्ट बढी आएको देखिन्छ । पहिला ९० प्रतिशत मानिसले ढिके नुन प्रयोग गर्थे अहिले त्यो अवस्था छैन । ’
उनले हामीले जति धेरै परिकार खान्छौँ त्यति नै नुन खाने बताए ।
‘हामीले जति धेरै परिकार खान्छौ त्यति नै धेरै नुन खान्छौँ । स्वास्थ्यको दृष्टिकोणले हेर्दा नुनको कमीले विभिन्न स्वास्थ्यमा समस्या आएको छ । नुन बढी हुँदा समस्या आएको छैन । तर नुन धेरै हुँदा के हुन्छ भन्ने पनि सोच्न पर्ने अवस्था आएको छ । १ चम्चा आयोडिन भए हुन्छ । नुन र आयोडिनमा धेरै फरक रहेको छ । ’ थापाले थपे ।
नुन बढी खायो भने थाइराइड हुन सक्छ भन्ने छ तर तथ्याङ्कमा अहिले सम्म नदेखिएको उनले बताए । ६० प्रतिशत रोग खानपानको कारण लाग्ने बताए ।
FACEBOOK COMMENTS