काठमाडौँ । किसानले धान रोप्ने बेलामा साल्ट ट्रेडिङ कर्पोरेसनले मल उपलब्ध गराउने भएको छ। मानो रोपेर मुरी उब्जाउने किसानहरुको वर्षे खेतीको बेलामा कर्पोरेसनले मल उपलब्ध गराउँने भएको हो।
कर्पोरेसनले २ हजार ५ सय मेट्रिक टन युरिया मल बिरगंज पुगेको जानकारी दिएको छ। यसै गरी २२ हजार मेट्रिक टन युरिया कलकत्तासम्म आई पुगेको र चाँडै नेपाल भित्रिने कर्पोरेसनका बरिष्ठ निर्देशक ब्रजेश कुमार झाले जानकारी दिए।
खेतीको बेला मल नहुँने भन्दै पटकपटक सरकारको आलोचना हुँदै आए पनि अहिले त्यो आलोचना हुनबाट कर्पोरेसनले जोगाएको छ। मध्ये असारमा झण्डै २४ हजार मेट्रिक टन युरीयामल नेपाल पुगेपछि किसानहरु पनि खुसी भएका छन्।
थप मल मार्ग स्थलमा आउने क्रममा रहेको कर्पोरेसनका बरिष्ठ निर्देशक ब्रजेश कुमार झाले बताए । ‘हामीले खरिद गरि ल्याएको मल मध्ये २५ सय टन युरिया मल बिहीवार बिहान बिरगंज आईपुगेको छ । २२ हजार टन युरिया कलकत्तासम्म आईपुगेको छ, जुन केही दिन मै नेपाल आई पुग्छ । थप मल मार्ग स्थलमा आउने क्रममा पनि रहेको छ ।’
नेपाल पुगेको मल विभिन्न कर्पोरेसन डिपो कार्यालयहरुमा तत्काल नै डेलिभरि गरि पठाईएको छ उनले जानकारी दिए। मल प्राप्त हुना साथ बेलैमा मल बिक्री वितरण गर्न सर्कुलर पनि भइसकेको कर्पोरेसनले जनाएको छ।
कृषि उत्पादनमा रसायनिक मलको महत्व, बेलैमा मल उपलब्ध गराउने उदेश्य र किसान दाजुभाई दिदीबहिनीको आवश्यकता सबै पक्षलाई ध्यानमा राख्दै कर्पोरेसन आफ्नो तर्फबाट सक्दो प्रयास जारी राख्दै मलको अभाव पूर्ति गर्ने दिशामा अघि बढेको पनि उनले जानकारी दिए।
FACEBOOK COMMENTS