काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि भोली फागुन ९ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीको लाभांश पाउन आजसम्म सेयरधनीबन्नु पर्नेछ ।
साल्ट ट्रेडिङ कर्पोरेसनले गत वर्षको नाफाबाट लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्र्ने प्रस्ताव गरेको छ ।
लाभांश पारित गर्न कम्पनीले चैत २३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा त्रिभूवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुने जनाइएको छ ।
FACEBOOK COMMENTS