काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले बजारमा रासायनिक मलको अभाव भएको भन्दै ठूलो परिमाणमा मल भित्र्याएको छ ।
कर्पोरेशनले भारतको कोलकाता बन्दरगाह हुँदै ४ लाख ४० हजार बोरा युरिया मल र १० लाख ८३ हजार बोरा डीएपीसहित १५ लाख २३ हजार बोरा रासायनिक मल भित्र्याएको जनाएको छ ।
उक्त मल अहिले नेपालका विभिन्न गोदाममा पठाइएको छ ।
कर्पोरेशनका अनुसार, मल बिक्रीका लागि दर्ता भएका सम्पूर्ण डिलरहरूलाई आफ्नो पालिका र कर्पोरेशनको सम्बन्धित कार्यालयसँग समन्वय गरी कोटा अनुसार मल बिक्री वितरण गर्न अनुरोध गरिएको छ।
FACEBOOK COMMENTS