काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन (एसटीसी) का अध्यक्ष प्रदीप लाल श्रेष्ठले साल्ट ट्रेडिङ कर्पोरेशन सार्वजनिक–निजी साझेदारीको नमूना र सफल संस्था भएको बताएका छन् ।
आज बिहीबार आयोजित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ६२औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले आफ्नो उद्देश्य अनुसार सेवा पुर्याउँदै आएको एसटीसी सफल र नमूना संस्था भएको बताएका हुन् ।
संस्थाले अघि सारेको अभियानमा सरकार र सम्बन्धित निकायहरू तथा सर्वसाधारणबाट समेत उल्लेख्य सहयोग सहयोग प्राप्त भइरहेको र संस्थाको सफलता नै आम उपभोक्ताको सफलता भएको उनले बताए । भविष्यमा थप सफल र सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, ‘सार्वजनिक–निजी साझेदारीको नमूनाका रूपमा काम गर्दै आएको यो संस्था विभिन्न चुनौती र समस्या आए पनि स्मरणयोग्य इतिहास निर्माण गर्दै उपभोक्ताको मन जित्न सफल भएको छ ।’
यस्तै, अध्यक्ष श्रेष्ठले सरकारले समेत विश्वास गरेको एसटीसीले संस्थागत सामाजिक उत्तरदायित्व बोध गरी सामाजिक सेवाका क्षेत्रमा काम गर्दै आएको विझिन्न संघ–संस्था र व्यक्ति–व्यत्तित्वहरू सम्मान गरिएको जानकारी पनि दिए ।
जस अनुसार कर्पोरेशनले लक्ष्मीदास मानन्धर बाल हितकारी पुरस्कारबाट काभ्रेको मानव कल्याण समाजलाई ताम्रपत्रसहित रू. १ लाख नगद प्रदान गरेको छ । यस वर्ष कर्पोरेशनका कर्मचारीहरूका छोराछोरीमा एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने प्रदेश कार्यालय, भैरहवाका कर्मचारी सुनिता गौतमको छोरा जतिन गौतमलाई साल्ट ट्रेडिङ्ग अनङ्गमान शेरचन छात्रबृत्ति र प्रदेश कार्यालय, काठमाडौंका कर्मचारी राजन लामाकी छोरी निमास्य लामालाई साल्ट ट्रेडिङ्ग लोकनाथ जोशी छात्रबृत्ति प्रदान गरिएको छ । कर्पोरेशनले छात्रवृत्तिका लागि मासिक रूपमा रू ६,००० का दरले २ वर्षसम्म रकम उपलब्ध गराउने छ ।
त्यसैगरी, यस वर्ष कर्पोरेशनको अधिकृत स्तरमा रही उल्लेखनीय काम गर्ने केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी प्रबन्धक टुलेश्वर प्रसाद साह, ननअधिकृत स्तरमा रही उल्लेखनीय काम गर्ने प्रदेश कार्यालय, विराटनगरमा कार्यरत कर्मचारी प्रमुख सहायक बसन्त कुमार यादव तथा स्तरबिहीनतर्फ केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी सवारी चालक तृतीय याम बहादुर मगरलाई हेम बहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कारबाट पुरस्कृत गरिएको छ ।
यस वर्ष कर्पोरेशनको अधिकृत स्तरमा रही उल्लेखनीय काम गर्ने केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी सहायक प्रमुख कार्यकारी अधिकृत संकेत भट्टराई, ननअधिकृत स्तरमा रही उल्लेखनीय काम गर्ने डिपो कार्यालय डोल्पामा कार्यरत कर्मचारी प्रमुख सहायक प्रकाश बहादुर धामी तथा स्तरबिहीनतर्फ प्रदेश कार्यालय, पोखरामा कार्यरत कर्मचारी कार्यालय सहयोगी द्धितीय धनबहादुर झाँक्री मगरलाई ईश्वरलाल श्रेष्ठ उत्कृष्ट सेवा पुरस्कारबाट पुरस्कृत गरिएको छ । ईश्वरलाल श्रेष्ठ उत्कृष्ट सेवा पुरस्कारका लागि सम्मानपत्रसहित नगद रू. ४०,००० र हेमबहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कारका लागि सम्मान पत्रसहित रू. ३५,००० उपलब्ध गराइएको छ ।
कर्पोरेशनमा निरन्तर सेवामा रही २० वर्ष पूरा गरेका कर्मचारीलाई कदरपत्र पदक प्रदान गरिएको छ । भने कर्पोरेशनले नुनलाई दूरदराजका उपभोक्ताहरू माझ सर्वसुलभ रूपमा उपलब्ध गराएको सेवा भावलाई कदर गर्दै ठूली भेरी नगरपालिका–३, डोल्पाका समाजसेवी डिलबहादुर मल्लले आÞनो स्वामित्वको तीन कठ्ठा जग्गा कर्पोरेशनको भवन निर्माण गर्न निःशुल्क उपलब्ध गराएकामा उनलाई सम्मानपत्र प्रदान गरिएको छ ।
कालिमाटीस्थित संस्थाको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमको समुद्घाटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गरेका थिए । कर्पोरेशनका संचालक समिति अध्यक्ष प्रदीप लाल श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा कर्पोरेशनका संचालक समिति सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ, अन्य वरिष्ठ अधिकारी, शेयर धनी, कर्मचारी परिवार, डिलर, पत्रकार लगायतको उपस्थिति थियो ।
यी समाचार पनि पढ्नुहोस्–
विषम् परिस्थितिमा पनि एसटीसीले उपभोक्ताको घरदैलोमा सेवा पुर्याउँदै आएको छ : सीईओ श्रेष्ठ (भिडिओ)
साल्ट ट्रेडिङलाई सहयोग गर्न सरकार तयार छ : मन्त्री भण्डारी (भिडिओ)
FACEBOOK COMMENTS