काठमाडौं । पत्रकार समा थापाले देशमा सबैजना नेता बन्न थाल्नु शुभ सङ्केत नभएको बताएकी छिन् ।
पछिल्लो समय भइरहेको राजनीतिक दल गठन र दर्ताको श्रृङ्खलाहरूलाई लक्षित गरी उनले ‘मैले नगरे केही हुन्न भन्ने भाव’ देशका लागि घातक हुनेसमेत बताएकी छिन् ।
सबै राजनीतिमा रमाउन खोज्नु भनेको देशलाई पश्चगमनतिर धकेल्नु भएको चर्चा गर्दै उनले राम्रा मान्छेहरू मतदाता मात्रै भए पनि हुने बताएकी छिन् ।
‘सबै नेता बनेपछि तिनको जनता अब को होला त ? जुन देशमा सबै, सधैं राजनीतिमा मात्र भुल्न मन पराउँछन् त्यो देश अघि बढ्न सक्दैन । राम्रा मान्छे मतदाता भएपनि हुन्छ,’ उनले भनेकी छिन्, ‘देशमा सबै नेता बन्न थाल्नु शुभ सङ्केत होइन । मैले नगरे केही हुन्न, म मात्र हुँ भन्ने भाव घातक हो । नेता देशमा, जनता विदेशमा रहने दिन चाहिँ नआओस् ।’


एमालेलाई जोगाएर ज्योतिले केलाइन् जेन जी आन्दोलनका कारणहरू, कुन जेन जीलाई लगाइन् कस्तो आरोप ?


FACEBOOK COMMENTS