काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेकपा एमालेका पूर्वउपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ । नेकपा एसको केन्द्रीय कार्यालय आलोकनगर पुगेर नेता गौतमले अध्यक्ष नेपालसँग भेट गरेका हुन् । नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने सहमति गरेका गौतम आज निर्णायक छलफलका लागि पार्टी कार्यालयमै पुगेका हुन् ।
हिजो पनि एकीकृत समाजवादीका तर्फबाट आइतबार स्थायी कमिटी सदस्य बलराम बाँस्कोटा, पोलिट्व्युरो सदस्य ताज मोहम्मद मियाँसहितको टोली गौतम निवास भैंसेपाटीमा पुगेर छलफल गरेको थियो ।
एकताको लागि दुवै तर्फबाट कार्यदल नै बनाएर काम अघि बढेरहेको छ । गौतमलाई नेकपा एसले वरिष्ठ नेता बनाउने तयारी गरेको छ। यसअघि अध्यक्ष नेपाल पनि गौतम निवास भैंसेपाटीमा पुगेर छलफल गरेका थिए ।
FACEBOOK COMMENTS