काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी सरकार सहभागी जनाउने तर्फ लागेको छ । त्यसका लागि भन्दै गृहकार्य गर्न कार्यदल समेत बनाएको छ ।
मंगलबार केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपाल तथा उपाध्यक्षद्वय प्रमेश हमाल र बेदुराम भुसाल रहनेगरी कार्यदल गठन गरिएको छ ।
सचिवालय बैठकमा समसामयिक राजनीति, केन्द्र र प्रदेश सरकारलगायत विभिन्न विषयमा छलफल गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
कार्यदलले गठबन्धन बैठकमा पार्टीले पाउने मन्त्रालयबारे छलफल गर्ने, सरकारमा जाने मन्त्रीहरू छान्ने, नीति तथा कार्यक्रम बनाउने, केन्द्रदेखि प्रदेशसम्म मन्त्रालय बाँडफाँटलगायतबारे गृहकार्य गर्ने भनिएको छ ।
FACEBOOK COMMENTS