काठमाडौं । समाजवादी मोर्चाको बैठक नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा आलोकनगरमा जारी रहेको छ ।
बैठकमा मोर्चालाई थप प्रभावकारी बनाउने र भावी रणनीति बारे छलफल भइरहेको बताइएको छ ।बैठकमा मोर्चाका संयोजकसमेत रहेका नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत सहभागी छन् । यस बैठकमा केहि दिनअघि एकीकृत समाजवादीमा समाहित भएका नेता बामदेव गौतमपनि पहिलो पटक सहभागी भएका छन् ।
FACEBOOK COMMENTS