काठमाडौं । फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेड र नेपाल ईन्स्योरेन्स एण्ड रिस्क म्यानेजमेन्ट एसोसिएसन (निर्मा) बीच रणनीतिक समझदारी भएको छ ।
बीमा, जोखिम व्यवस्थापन तथा सामाजिक सुरक्षाको क्षेत्रमा क्षमता अभिवृद्धि, खोज तथा अनुसन्धान साथै जागरण कार्यक्रमहरुको लागि दीर्घकालीन सहकार्य गर्न उक्त समझदारी गरिएको हो ।
सम्झौतापत्रमा फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेडको तर्फबाट प्रबन्ध निर्देशक सुवर्ण पौडेल तथा नेपाल ईन्स्योरेन्स एण्ड रिस्क म्यानेजमेन्ट एसोसिएसनको तर्फबाट अध्यक्ष डा। रविन्द्र घिमिरेले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा दुवै संस्थाको उच्च पदस्थ अधिकारीहरुको उपस्थिती रहेको थियो ।
फेडेरल पब्लिक लिमिटेडको रुपमा दर्ता भई नेपाल बीमा प्राधिकरणबाट इजाजत पत्र प्राप्त पुनर्बीमा दलाल कम्पनी हो । यसले स्थापनाको छाटो समयमै बेलायतबाट प्रतिष्ठीत गुणस्तर चिन्ह आइएसओ ९००१ः२०१५ र इन्डियन चेम्बर अफ कमर्शबाट ब्रोकर अफ दि एयर २०२३ (नेपाल) को उपाधि हासिल गरेको छ ।
FACEBOOK COMMENTS