समाजवादी मोर्चाको बैठक बस्दै
कर्पोरट खबर
7:54 am, सोमबार, भदौ ४, २०८०
काठमाडौँ । चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक आज बिहान बस्ने भएको छ ।
आइतबार आज साँझ ६ बजे बस्ने भनिएको उक्त बैठक विविध कारणले बस्न नसकी सोमबार बिहान ७ः३० बजे बस्ने गरी तोकिएको नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
उनका अनुसार आजको बैठकमा सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुनेछ । यसैगरी उक्त बैठकले मोर्चाका उद्देश्य जनतामाझ लैजान सातै प्रदेशमा गरिने सभाको मिति तोक्ने जनाइएको छ । बैठक नेकपा ९एकीकृत समाजवादी० पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने तय भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधन भएपछि मोर्चाको बैठक सरेको थियो । मोर्चा गठन भएको करिब तीन महिनापछि बस्न लागेको यो दोस्रो बैठक हो । मोर्चामा सत्तारूढ नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा रहेका छन् ।
FACEBOOK COMMENTS