काठमाडौं । प्रवासी नेपाली सेफहरूलाई ‘ग्लोबल स्टार अवार्ड’ बाट सम्मानित गरिएको छ । नयाँ वर्ष २०८२ को अवसरमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो ।
ग्लोरी मिडिया र न्यूजलाईन्स मिडियाद्वारा आयोजित उक्त कार्यक्रममा विभिन्न देशहरूमा कार्यरत नेपाली सेफहरूलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा क्यानडामा रहेका सेफ ज्ञानेन्द्र बञ्जारा शर्मा, दुबईमा कार्यरत पेस्ट्री तथा बेकरी सेफ ह्युमन लिम्बु, साउदी अरेबियामा रहेका पेस्ट्री सेफ सरोज सिंह थापा, अष्ट्रेलियामा कार्यरत सेफ भावि खनाल र सेफ कमल थापा, अमेरिकामा रहेका सेफ वेदप्रसाद अधिकारी र लाल तामाङ, दुबईस्थित एजुकेटिभ सेफ गोविन्द राई तथा सेफ अरुण अधिकारी, कतारमा कार्यरत सेफ सूर्य भण्डारी, युएईमा रहेका सेफ उमेश तामाङ, क्यामोन आइल्याण्डमा कार्यरत सेफ नारायण बहादुर थपलिया, अष्ट्रेलियाका सेफ सुवास थापा र अजय बज्राचार्य, तथा नेपालमै रहेका चित्र बुढा ९पूर्वमा कतारमा कार्यरत० रहेका छन्।
उनीहरूलाई पूर्व प्रधानन्यायाधीश तथा मन्त्री परिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले अवार्ड तथा प्रमाणपत्र प्रदान गरे । कार्यक्रममा रेग्मीले यस्ता सम्मान कार्यक्रमहरूले नेपाली पाककला क्षेत्रका शिल्पीहरूलाई प्रोत्साहन प्रदान गर्नुका साथै नेपाली खानाको अन्तर्राष्ट्रियकरणमा सशक्त योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सम्मानित सेफहरुका तर्फबाट अरुण अधिकारी एवं नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल टानका पूर्व अध्यक्ष खुम बहादुर सुवेदी, वरिष्ठ अधिवक्ता राजकुमार थापा, युनेस्को महासंघ नेपालका केन्द्रिय सदस्य अजय कुमार श्रेष्ठ, काठमाण्डौं उद्योग वाणिज्य संघकी सचिव सुष्मा महरा, नेपाल सेफ एशोसिएसनका पूर्व अध्यक्ष गोविन्द नरसिंह केसी, ग्लोबल नेप्लिज सेफ फेडेरेशनका अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले धारणा राखेका थिए ।
